दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
यो जिल्लाकै ठूलो उद्योग हो । आगलागीका कारण प्लाई, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएका छन् । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेको भए पनि हालसम्म नियन्त्रणमा लिन कठिन भएको छ ।
जिल्लाका साथै कपिलवस्तुको शिवराज नगरपालिकाबाट समेत गरी हालसम्म ५ वटा दमकलले आगो निभाइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए । बाँके र बर्दियाबाट पनि दमकल आइरहेको उनले बताए ।
आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको र अझै विवरण संकलन हुन नसकेको शाहले जानकारी दिए ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप