नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा एलकेजी पढ्ने दुई बालकहरूको ज्यान गएको छ ।
अपरान्ह ४ बजेको समयमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडीया र शिवकुमार गोडियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट स्थानीय दुई बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्यांकर जलाइदिएका छन् भने बेतहनी चौकी पनि जलाईदिएका छन् । आक्राेशित स्थानीयको आक्रमणबाट दर्जनौ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म बेतहनी चोकमा अवस्था नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणका लागि दङ्गा नियन्त्रण गण खजुराबाट थप प्रहरी घटनास्थल पठाइएको बाँके प्रहरी प्रवक्ता दीपक पतालीले बताए ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप