नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा एलकेजी पढ्ने दुई बालकहरूको ज्यान गएको छ ।
अपरान्ह ४ बजेको समयमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडीया र शिवकुमार गोडियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट स्थानीय दुई बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्यांकर जलाइदिएका छन् भने बेतहनी चौकी पनि जलाईदिएका छन् । आक्राेशित स्थानीयको आक्रमणबाट दर्जनौ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म बेतहनी चोकमा अवस्था नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणका लागि दङ्गा नियन्त्रण गण खजुराबाट थप प्रहरी घटनास्थल पठाइएको बाँके प्रहरी प्रवक्ता दीपक पतालीले बताए ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर