काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुने छ ।
कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ। तर पछिल्लो समय कार्यसम्पादन र केन्द्रीय समिति दुवै समयमा बसिरहेका छैनन्।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने एक नेताले बताए।
पार्टीको १५ औँ महाधिवेशनको लहर छिरिसकेको कांग्रेसमा नेताहरूबीच ध्रुबीकरण समेत सुरु भइसकेको छ।



सम्वन्धित समाचार
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै
प्रधानमन्त्री र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल
एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला हुँदै
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा