काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुने छ ।
कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ। तर पछिल्लो समय कार्यसम्पादन र केन्द्रीय समिति दुवै समयमा बसिरहेका छैनन्।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने एक नेताले बताए।
पार्टीको १५ औँ महाधिवेशनको लहर छिरिसकेको कांग्रेसमा नेताहरूबीच ध्रुबीकरण समेत सुरु भइसकेको छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै