बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकामा रीड नेपाल नामक संस्थाले एकदिने अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।
रीड नेपालको आयोजना तथा खप्तड छान्ना गाउँपालिकाको समन्वय र अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा पालिका भित्रका सम्पुर्ण विद्यालयमा एकदिने अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमको मुख्य विषयबस्तु बालबालिकाप्रति अभिभावकको भुमिका र जिम्मेवारी, विद्यालय भ्रमण तथा सहयोग, वि.व्य.स , शि.अ.संघ , शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्धका साथै बाल संरक्षण र सुरक्षा, शारीरिक दण्डको असर र कम गर्ने तरिका, आत्महत्या रोकथामका उपाएहरु र लैंगिक हिंशा रोक्ने उपाएहरु जस्ता विषयवस्तुमा अभिमुखिकरण गरिएको रीड नेपालका जिल्ला परियोजना शिक्षा बिकास संयोजक जनकराज जोशीले बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ , प्रधानाध्यापक ,अभिभावक, बालकलबका प्रतिनिधि तथा शिक्षक लगाएत १३३५ जनाको सहभागीता रहनुका साथै कार्यक्रम पालिका भित्रका प्रत्येक विद्यालयमा संचालन गरिएको थियो ।

‘सहभागीले विद्यार्थीको सिकाइ तथा समग्र विद्यालय सुधारमा लाग्ने र सिकेका कुराहरू व्यवहारमा कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।’
उक्त कार्यक्रमको सहजीकरण रीड नेपालका परियोजना शिक्षा विकास संयोजक जनकराज जोशी र शिक्षा अधिकृत दिपा भट्टले गर्नु भएको थियो ।



सम्वन्धित समाचार
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा
अमेरिकामा विदेशी विद्यार्थीहरुमाथि थप कडाई
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू