बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकामा रीड नेपाल नामक संस्थाले एकदिने अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।
रीड नेपालको आयोजना तथा खप्तड छान्ना गाउँपालिकाको समन्वय र अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा पालिका भित्रका सम्पुर्ण विद्यालयमा एकदिने अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमको मुख्य विषयबस्तु बालबालिकाप्रति अभिभावकको भुमिका र जिम्मेवारी, विद्यालय भ्रमण तथा सहयोग, वि.व्य.स , शि.अ.संघ , शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्धका साथै बाल संरक्षण र सुरक्षा, शारीरिक दण्डको असर र कम गर्ने तरिका, आत्महत्या रोकथामका उपाएहरु र लैंगिक हिंशा रोक्ने उपाएहरु जस्ता विषयवस्तुमा अभिमुखिकरण गरिएको रीड नेपालका जिल्ला परियोजना शिक्षा बिकास संयोजक जनकराज जोशीले बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ , प्रधानाध्यापक ,अभिभावक, बालकलबका प्रतिनिधि तथा शिक्षक लगाएत १३३५ जनाको सहभागीता रहनुका साथै कार्यक्रम पालिका भित्रका प्रत्येक विद्यालयमा संचालन गरिएको थियो ।

‘सहभागीले विद्यार्थीको सिकाइ तथा समग्र विद्यालय सुधारमा लाग्ने र सिकेका कुराहरू व्यवहारमा कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।’
उक्त कार्यक्रमको सहजीकरण रीड नेपालका परियोजना शिक्षा विकास संयोजक जनकराज जोशी र शिक्षा अधिकृत दिपा भट्टले गर्नु भएको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै