काठमाडौं। सिरहाको औरही गाउँपालिका- ५ मा अछूत भन्दै घरमा डोजर चलाएको घटनाका तीन आरोपीविरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
पीडित दीपक मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।
घटना सार्वजनिक भएपछि शुक्रबार नै पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष हिजैदेखि प्रहरी नियन्त्रणमा छन् । बजरंगी बाबा भने फरार रहेको प्रहरीले जनाएको छ ।
पालिका अध्यक्ष पक्राउ परेपछि धाक धम्कीका कारण डोमपरिवार विस्थापित भएको छ । राति पालिका अध्यक्ष यादवका छोरा रुकेश यादव सहित केही व्यक्तिहरू पुगेर डोम परिवारलाई धम्काएका थिए ।
त्यसपछि दीपक मरिक उनकी श्रीमती अनिता अन्यत्र शरण लिएका छन् भने उनका बालबच्चाहरू प्रहरी चौकीमा रात बिताएका थिए ।
सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पीडित परिवारको जाहेरी प्राप्त भएको बताए । उनले जाहेरी आएपछि कानूनी कारबाही प्रक्रिया अघि बढेको जानकारी दिए ।
जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर