काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ ।
चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । गत आवको सोही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
यस अवधिमा नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ९ खर्ब २९ अर्ब ५२ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा निर्यात ५७.२० प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार चालू आवको आठ महिनामा एक खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशत बढी हो । त्यसबेला एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
चालू आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ११.२० प्रतिशत बढी हो ।



सम्वन्धित समाचार
काठमाडौँमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन हुने
भदौ २३ गतेलाई जेनजी शहिद दिवसका रुपमा मनाउने सरकारको निर्णय
जलवायु न्याय, समावेशिता र नेपालकाे प्राथमिकतामाथि युवाको वहस
कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय
नेकपाको एकता सन्देश सभा विराटनगरमा सुरू
एमालेले सार्वजनिक गर्यो ११औँ महाधिवेशनको लोगो