काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ ।
चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । गत आवको सोही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
यस अवधिमा नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ९ खर्ब २९ अर्ब ५२ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा निर्यात ५७.२० प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार चालू आवको आठ महिनामा एक खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशत बढी हो । त्यसबेला एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
चालू आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ११.२० प्रतिशत बढी हो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप