काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।
राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले भने, ‘यो बेमौसमी विषय हो ।’
अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।
‘यस्तो बेलामा पनि सरकारमा भागबण्डा खोज्नु भनेको गणतन्त्र जोगाउन खोजेको हो कि, यसलाई सत्तामा जाने भर्याङ बनाउन खोजेको हो, भन्ने गम्भीर नैतिक प्रश्न उठेको छ,’ ज्ञवालीले भने ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?