काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।
राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले भने, ‘यो बेमौसमी विषय हो ।’
अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।
‘यस्तो बेलामा पनि सरकारमा भागबण्डा खोज्नु भनेको गणतन्त्र जोगाउन खोजेको हो कि, यसलाई सत्तामा जाने भर्याङ बनाउन खोजेको हो, भन्ने गम्भीर नैतिक प्रश्न उठेको छ,’ ज्ञवालीले भने ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप