काठमाडौं । समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले आज बुद्धिजिवीहरुसँग छलफल गरेर गरेको पत्रकार सम्मेलनले सो कुराको जानकारी गराएको हो ।
मोर्चाले काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिगमत र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध जनसभामा सहभागी हुन आह्वान गरेको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
उनले सरकारको अलोकतान्त्रिक गतिविधिका कारणले जनताको अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेको आरोप लगाए । राज्य सञ्चालकको स्वेच्छाचारिताको कारणले देशले अप्ठेरो र संकटग्रस्त अवस्थाको सामाना गर्नुपर्ने बताए ।

सरकार बिचौलिया र कालाबजारीको सेवामा केन्द्रित भएको पनि बताए । गणतन्त्रको रक्षाको लागि संसदभित्र र बाहिरका राजनीतिक पार्टीहरुसँग छलफल र परामर्श गर्ने उनले बताए ।
उनले भने, ‘देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसदभित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवीलगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।
सम्वन्धित समाचार
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत
राप्रपाको प्रदर्शन सकियो, नेताहरु पक्राउ परेपछि आकस्मिक बैठक बोलाइयो
१९ दिनदेखि शिक्षकको आन्दोलन जारी
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले बोलाए साँझ ७ बजे
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउनू:- देउवा