काठमाडौं । समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले आज बुद्धिजिवीहरुसँग छलफल गरेर गरेको पत्रकार सम्मेलनले सो कुराको जानकारी गराएको हो ।
मोर्चाले काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिगमत र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध जनसभामा सहभागी हुन आह्वान गरेको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
उनले सरकारको अलोकतान्त्रिक गतिविधिका कारणले जनताको अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेको आरोप लगाए । राज्य सञ्चालकको स्वेच्छाचारिताको कारणले देशले अप्ठेरो र संकटग्रस्त अवस्थाको सामाना गर्नुपर्ने बताए ।

सरकार बिचौलिया र कालाबजारीको सेवामा केन्द्रित भएको पनि बताए । गणतन्त्रको रक्षाको लागि संसदभित्र र बाहिरका राजनीतिक पार्टीहरुसँग छलफल र परामर्श गर्ने उनले बताए ।
उनले भने, ‘देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसदभित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवीलगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै