समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी चारदिने कार्यशाला गोष्ठी सम्पन्न



सोलुखुम्बु । समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ ।

रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला गोष्ठी आज सम्पन्न भएको हो ।

कार्यक्रम रीड नेपालका कार्यक्रम निर्देशक डील्ली प्रसाद डोटेलको अध्यक्षता र गाउँपालिका प्रमुख बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै पालिका प्रमुख बुद्धिकिरण राईले पालिकाको शैक्षिक विकासमा रीड नेपालको योगदान अतुलनीय रहेको बताउनु भयो । आजको आवश्यकता व्यावहारिक शिक्षा रहेको भन्दै रीड संग मिलेर व्यावहारिक शिक्षालाई जोड दीएर कार्यक्रम अगाडी बढाउने बताउनुका साथै पालिकाको बालसंरक्षण नीतिलाई छिट्टै पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले कार्यशालाको मुख्य उद्देश्य समावेशी शिक्षा, अपांगता र बालसुरक्षाको विषयलाई नीति निर्माण तहमा र व्यवहारमा लागु गराराएर शैक्षिक गुणस्तरलाई सुनिश्चित गर्न रहेको बाताउनु भयो । सहभागीलाई सक्रियताकोको लागि धन्यवाद दिदै सिकेका कुरा आ-आफ्नो क्षेत्रमा व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।

सहभागीको तर्फबाट बोल्दै हिमालय मा.वि.का प्र.अ. देवी कुमारीले कार्यशालाबाट निकै महत्तपूर्ण सिकाइ भएको भन्दै कार्यन्वयनमा जोड दिने बाताउदै आयोजकलाई धन्यवाद दिनु भयो ।

रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलले पालिका संगै मिलेर आगामी कार्यक्रम तय गर्ने बताउनु भयो कार्यक्रमा पालिका अध्यक्ष उपाध्यक्ष गौरब राई , पालिकाका वडा अध्यक्ष शाखा प्रमुख प्र.अ. गरी २५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अपांगता विज्ञ रामलाल धामी , नेपाल सरकारका पुर्व उपसचिव गोकर्ण शर्मा लगाएत रीड नेपालका प्रशिक्षकले गर्नु भएको थियो ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.