काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत घिसिङलाई किन नहटाउने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले बुधबार घिसिङलाई हटाउन तीनदिने स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई दिइएको ती मन्त्रीले जनाए ।
‘बिजुलीको भाउ भारतमा गएर बढाउने निर्णय गर्नुभयो, मन्त्री र सचिवलाई सोध्नुभएन, सरकारलाई सहयोग गर्नुभएन, प्राधिकरणको विनियमावली आफैंले बनाउनुभयो लगायत विषय ऊर्जामन्त्रीले राख्नुभयो,’ ती मन्त्रीले भने, ‘लामो भूमिका राखेपछि तीन दिनको समय दिएर तपाईंलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्न मन्त्री खड्कालाई अधिकार दिइएको छ ।’
उर्जामन्त्री दिपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको वक्तव्य दिइसकेका छन् ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप