काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत घिसिङलाई किन नहटाउने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले बुधबार घिसिङलाई हटाउन तीनदिने स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई दिइएको ती मन्त्रीले जनाए ।
‘बिजुलीको भाउ भारतमा गएर बढाउने निर्णय गर्नुभयो, मन्त्री र सचिवलाई सोध्नुभएन, सरकारलाई सहयोग गर्नुभएन, प्राधिकरणको विनियमावली आफैंले बनाउनुभयो लगायत विषय ऊर्जामन्त्रीले राख्नुभयो,’ ती मन्त्रीले भने, ‘लामो भूमिका राखेपछि तीन दिनको समय दिएर तपाईंलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्न मन्त्री खड्कालाई अधिकार दिइएको छ ।’
उर्जामन्त्री दिपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको वक्तव्य दिइसकेका छन् ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर