सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा पालिका स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ ।
रीड नेपालको आयोजनामा तथा गाउँपालिकाको सहकार्य र समन्वयमा ४ दिने समावेशी शिक्षा अपाङ्गता र बाल सुरक्षा समबन्धी गोष्ठी संचालन गरिएको हो ।
कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले पालिकामा संचालित विभिन्न परियोजना तथा कार्यक्रममा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षालाई कसरी स्थानीय योजनामा समावेश गरेर गुणस्तरीय शिक्षालाई लागु गर्न सकिन्छ भन्ने ध्ययका साथ पालिकाका विभिन्न नीतिहरुमा कसरी समावेश गरेर लैजाने भन्ने विषयवस्तुमा कार्यशाला केन्द्रित रहनुका साथै स्थानीय शिक्षा क्षेत्र योजनामा उक्त कुराहरुलाई पहिले नै समेटिएको भएता पनि थप परिमार्जित गरेर जाने बत़ाउनुभएको छ ।
कार्यक्रम रीड नेपालका कार्यक्रम निर्देशक डील्ली प्रसाद डोटेलको अध्यक्ष्यतामा संचालन भएको थियो । उँहाले समावेशी शिक्षा र अपाङ्ग भएका बालबालिकाहरुलाई शिक्षाको मूल प्रवाहीकरणमा कसरी ल्याउन सकिन्छ, स्थानीय तहको नीति तथा योजनाहरुमा कसरी समेट्न सकिन्छ भन्ने कुरा मुख्य रहनुका साथै बाल सुरक्षा पनि महत्व कुरा रहेको बत़ाउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष चन्द्र बहादुर राईले रीड नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान रहेको भन्दै रीड नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप