अर्घाखाँची । अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन् । उनलाई सोही नगरपालिका-१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पक्राउ परेका बस्यालले एक वर्षअघि २६ वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । बस्याललाई अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क वर्गकी अपाङ्गता भएको ती महिलालाई बस्यालले आफ्नो घरमा घरायसी काम गराउने र त्यसै बेला कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको आरोप छ ।
पीडित महिलाबाट तीन महिनाअघि छोराको जन्म भएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप