अर्घाखाँची । अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन् । उनलाई सोही नगरपालिका-१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पक्राउ परेका बस्यालले एक वर्षअघि २६ वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । बस्याललाई अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क वर्गकी अपाङ्गता भएको ती महिलालाई बस्यालले आफ्नो घरमा घरायसी काम गराउने र त्यसै बेला कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको आरोप छ ।
पीडित महिलाबाट तीन महिनाअघि छोराको जन्म भएको छ ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर