राजविराज । सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणबाट स्थानीय तीन जना घाइते समेत भएका छन् ।
बाघको आक्रमणवाट गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ । बिहानै बाघ बस्तीमा पसेपछि अहिले उक्त क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो केही समयदेखि उक्त बाघ एउटा फर्निचर उद्योगमा बसिरहेको छ ।
बाघलाई खेद्न प्रहरी चौकी फत्तेपुरका प्रहरीहरु परिचालित छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट सवन्मय गरी बाघलाई बस्तीबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?