सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी संचालन गरिएको छ । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य र समन्वयमा उक्त ४ दिने कार्यशाला गोष्ठी संचालन गरिएको हो ।
कार्यशाला गोष्ठीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले समावेशी शिक्षा आजको आवश्यकता रहेको बताउनुका साथै व्यावहारिक रुपमा पनि लागु गर्न पालिका पर्यत्नाशील रहेको उल्लेख गर्नुभयो । विकासको मेरुदण्ड शिक्षा क्षेत्र भएकोले आफ्नो पहिलो प्राथमिकता शिक्षा क्षेत्र र त्यसपछि अन्य क्षेत्र रहेको बताउदै विगत देखि नै शिक्षा सुधारका लागि रीड नेपालसँग सहकार्य गर्दै आइरहेको बताउनुभयो ।
यो कार्यशालालाई पहिलेको जस्तै निरन्तरताको रुपमा संचालन गरेको र कार्यशालाबाट आएका सल्लाह, सुझावलाई नीतिगत रुपमा समावेश गरेर अगाडी बढ्ने औंल्याउनु भएको छ ।
उक्त कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले यो कार्यशाला शैक्षिक सुधारका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउदै समावेशी शिक्षाका बाधाहरूलाई चिर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
सोहि कार्यक्रममा रीड नेपालका कार्यक्रम निर्देशक डील्ली प्रसाद डोटेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको छ, भने कार्यक्रम संचालन रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्य, पालिकाका शाखा प्रमुख तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु गरेर जम्मा २९ जना सहभागीको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले बताए ।
कार्यक्रमको सहजीकरण रीड नेपालका प्रशिक्षक तथा सम्बन्धित विषय विज्ञ रामलाल धामी, गोकर्ण शर्मा, अभिषेक विक्रम शाह, लक्ष्मी श्रेष्ठ रअर्पण रेग्मीले गरिरहनु भएको छ ।
सम्वन्धित समाचार
सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा