काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि फागुन ८ गते सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप