मोरङ । झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ ।
नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली दोस्रो दिन मोरङ पुगेको छ ।
सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोग भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयाँलको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेको हो ।
सहिद परिवारका सदस्यहरूले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए ।
अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ।
जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिँदै छ भने सहिद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै