ताप्लेजुङ । ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको छ । झडपमा परी ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये आठ जना सुरक्षाकर्मी र तीन जना आन्दोलनरत पक्षका सदस्य रहेका छन्। घाइतेहरूको ताप्लेजुङ जिल्ला अस्पताल र तामोर अस्पतालमामा उपचार जारी छ।
उनीहरूको अवस्था सामान्य रहेको बुझिएको छ। काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार साँझ ‘नो केवलकार’ अभियानका समर्थकहरूले मसाल जुलुससहित नाराबाजी गरिरहेका बेला सुरक्षाकर्मीले राँको नियन्त्रणमा लिन खोजेपछि दोहोरो झडप भएको हो।
वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मी बिच धक्कामुक्की भएको थियो। सोही क्रम चर्कँदै गएपछि झडप उग्र बनेको हो।
प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरुसमेत सहभागी छन् ।
काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्याएका छन् ।
हेर्नुहोस् भिडियो



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो