रीड नेपालको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि विद्यालय सुशासन, व्यवस्थापन तथा समावेशी शिक्षासम्बन्धी दुई दिने नेतृत्त्व क्षमता विकास तालिम सम्पन्न भएको छ।
तालिममा सोलुदुधकुण्ड नगरपालिकामा रीड नेपालले कार्यक्रम संचालन गरिरहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघ महिला सदस्यहरु गरी ३० जनाको उपस्थिति रहेको थियो । ज जा मा वि सल्लेरीमा संचालित तालिममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार, समावेसी शिक्षाको महत्त्व, विद्यालय सुशासन, नेतृत्त्व, स्रोत व्यवस्थापन, विद्यालय सुरक्षा, कार्ययोजना निर्माण लगाएतका विषयवस्तु समेटिएको आयोजकले जनाएको छ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी शिक्षा विकास अधिकृत सुजाता राई , अर्पण रेग्मी, तालिम अधिकृत वासुदेव वाग्लेले गर्नु भएको थियो तालिम लिए पछी सहभागी हरुले आफुले धेरै कुरा सिकेको भन्दै रीड नेपाललाई धन्यवाद दिदै सिकेका कुराहरु विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?