रीड नेपालको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि विद्यालय सुशासन, व्यवस्थापन तथा समावेशी शिक्षासम्बन्धी दुई दिने नेतृत्त्व क्षमता विकास तालिम सम्पन्न भएको छ।
तालिममा सोलुदुधकुण्ड नगरपालिकामा रीड नेपालले कार्यक्रम संचालन गरिरहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघ महिला सदस्यहरु गरी ३० जनाको उपस्थिति रहेको थियो । ज जा मा वि सल्लेरीमा संचालित तालिममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार, समावेसी शिक्षाको महत्त्व, विद्यालय सुशासन, नेतृत्त्व, स्रोत व्यवस्थापन, विद्यालय सुरक्षा, कार्ययोजना निर्माण लगाएतका विषयवस्तु समेटिएको आयोजकले जनाएको छ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी शिक्षा विकास अधिकृत सुजाता राई , अर्पण रेग्मी, तालिम अधिकृत वासुदेव वाग्लेले गर्नु भएको थियो तालिम लिए पछी सहभागी हरुले आफुले धेरै कुरा सिकेको भन्दै रीड नेपाललाई धन्यवाद दिदै सिकेका कुराहरु विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप