काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको जिल्ला शाखा अधयक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध उभिने बताएका हुन् । ‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ । तर, नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन, पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने, ‘पत्रकारका आवाजहरु बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ ।’ नेता साउदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पपत्रकारको भएको पनि बताए । ‘जनताका मुद्दाहरूलाई राष्ट्रिय मुद्दा बनाउने दायित्व प्रेस हो । पत्रकारले आफ्नो दायित्वलाई बिर्सन हुँदैन,’ उनले भने, ‘पत्रकार र राजनीतिक दलहरुले पैसा लिएका हुँदैनन् । संयमता र विवेक अपनाउन जरुरी छ ।’ नेपाल प्रेस युनियन जिम्मेवार बनेर अन्य संगठनका पत्रकारले पनि सिक्ने अवसर पाउने नेता साउदको भनाइ थियो । ‘सत्ता र सरकारलाई सीमा देखाएउन सक्छ,’ उनले भने, ‘समाजलाई मर्यादित बनाउन प्रेस पनि मर्यादित र उत्तरदायी हुन आवश्यक छ ।’
नेता साउदले संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए । ‘कांग्रेस सरकारमा हुँदा पनि हामीले सात बुँदेको कार्यान्वयन गर्नेबारे र अध्यादेशको विषयमा पनि हामीले प्रश्न गरिरहेका छौँ,’ उनले भने, ‘संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न सक्दैन ।’
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र