काठमाडौं । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत् उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज गरिने भएको छ ।
जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
सँगै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा आगोमा बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए ।




सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?