काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।
शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक “गोपाल योञ्जन“को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो।
मन्त्री पाण्डेले भन्नुभयो,गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ। उहाँले रचना गरेका गीत,संगितहरू अझै पनि उत्तिकै लोकप्रिय छन् । राज्यले गर्नुपर्ने काम उहाँको परिवारले नै गर्नु भएको प्रति कृतज्ञता प्रकट गर्दछु ।
उहाँले भन्नुभयो,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठान रहेको उल्लेख गदै स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्न चाहान्छु।
१०८ लेखकले संयुक्तरूपमा लेख्नु भएको उक्त पुस्तक निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले गोपाल योञ्जनलाई जिवन्त राख्नका लागि तीनवटै तहका सरकारसँग समन्वयात्मक ढंगले अघि बढ्नेसमेत बताउनु भयो ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर