काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।
शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक “गोपाल योञ्जन“को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो।
मन्त्री पाण्डेले भन्नुभयो,गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ। उहाँले रचना गरेका गीत,संगितहरू अझै पनि उत्तिकै लोकप्रिय छन् । राज्यले गर्नुपर्ने काम उहाँको परिवारले नै गर्नु भएको प्रति कृतज्ञता प्रकट गर्दछु ।
उहाँले भन्नुभयो,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठान रहेको उल्लेख गदै स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्न चाहान्छु।
१०८ लेखकले संयुक्तरूपमा लेख्नु भएको उक्त पुस्तक निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले गोपाल योञ्जनलाई जिवन्त राख्नका लागि तीनवटै तहका सरकारसँग समन्वयात्मक ढंगले अघि बढ्नेसमेत बताउनु भयो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै