बझाङ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकामा नमुना विद्यालय भवन निर्माण गरिएको छ । भौतिक संरचनाको अभावसँगै पठनपाठनमा समस्या भइ विद्याथीहरूलाई असहज भएको थियो ।
पर्यटकिय क्षेत्रसँग जोडिएको गाउँपालिका २०७८ साल असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढी र पहिरोका कारणले विद्यालयका भवनमा क्षति भएपछि यहाँको दुर्गा महालिङ मावि चौकामा जिल्लाकै नमुना भवन निर्माण गरिएको हो ।
अस्ट्रेलियन हिमालय फाउन्डेसनको आर्थिक सहयोगमा गैरसरकारी संस्था रीड नेपालले विद्यालय भवनमा निर्माण गरेको थियो । उक्त भवन जिल्लाकै नमुना भवन रहेको छ । अस्ट्रेलियन इन्जिनियर जोसुवा एन्जलबेथले गरेको डिजायनमा रीड नेपालले प्राविधिक सहयोग गरेको रीड नेपालका परियोजनाका इन्जिनियर सत्यराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँले ८० लाख रुपियाँको लागतमा निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी, तापक्रमलाई सन्तुलन राख्ने खालको प्रविधि जडान गरिएको, बालमैत्री, अपाङ्गमैत्रीका साथै भवनभित्र सुविधा सम्पन्न फनिचर, लाइटिङसहितको व्यवस्था रहेको बताए ।
“हाल बझाङ जिल्लामा निर्माण भएका भवनहरूको तुलनामा यो भवन निकै सुविधायुक्त भवन हो,’’ खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष रोकायाको समन्वयमा “समृद्घ खप्तडछान्ना परियोजना” लागु गरेपछि गाउँपालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा नमुना काम हुँदै आएको स्थानीय भिम बहादुर रोकायाको भनाइ छ ।
दुई वर्ष यता रीड नेपालमार्फत अस्ट्रेलियन हिमालय फाउन्डेसनले खप्तडछान्नाको शिक्षा क्षेत्रमा विद्यालयको भौतिक सुधार, शिक्षकको क्षेमता विकास तालिम, बालबालिका तथा अभिभावकहरूलाई अभिमुखीकरण तालिम तथा शैक्षिक गुणस्तर सुधारका विभिन्न कार्यहरू गर्दै आएको छ भने स्वास्थ्य संस्थामा उपकरण सहयोग, कर्मचारी अभावको परिपूर्ति, भौतिक पूर्वाधार निर्माण लगायतका कामहरू गर्दै आएको छ ।
नमुना बिद्यालय भवन उद्घाटन कार्यक्रममा स्थानीय महिलाहरुले यहाँको स्थानीय कला देउडा समेत प्रर्दषन गरेका थिए । स्थानीयबासीको कला देखेर अस्टेलियन नागरिकहरुले खुशी ब्यक्त गरेका थिए ।
सम्वन्धित समाचार
वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुग्ने
रवि र छविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने
“Measuring What Matters: Inclusive & Competency-Based Assessments for Nepal”
मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन
काठमाडौं मखनटोलमा आगलागी, एक जनाको मृत्यु
नवलपरासीको चोरमारामा पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन