काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पुँजीगत खर्चको सम्बन्धमा र मन्त्रालयसँग सम्बन्धित गुनासा र समाधानका लागि भएका प्रयासका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धी, त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनका प्रत्यायोजित विधायनहरूको अध्ययनबाट देखिएका विषयहरूको प्रारम्भिक अध्ययन प्रतिवेदन सम्बन्धी छलफल हुनेछ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप