चितवन । जिल्ला अदालत चितवनमा रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ।
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो ।
आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए । बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।
थुनछेक बहस सकिएमा न्यायाधीशले साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे निर्णय लिने छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै