काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।
सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।



सम्वन्धित समाचार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला हुँदै
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त