काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा तय भएको सभामुखको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।
कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही प्रमुख सचेतक रहेका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै