काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् ।
यसरी भनाइ हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन् । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन् ।
सबैभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या माध्यमिक विद्यालय न्होखामा ६५ जना छात्रा छन् । ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा ६० जना, जनपथ माध्यमिक विद्यालय, कलंकीमा ४२ जना, कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भए । यस्तै नीलवाराही माध्यमिक विद्यालय, टंकेश्वर, सरस्वती निकेतन माध्यमिक विद्यालय, व्रह्मटोल, सितला माध्यमिक विद्यालय, बालाजु हरेकमा ४० ÷ ४० बालबालिका भर्ना भएका छन् ।
प्रारम्भिक बाल विकास कक्षाहरुमा बाल केन्द्रीत सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँगको स्कूल टिच प्रोग्रामअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरुको क्षमता लगायत कोणबाट अध्ययन गरेको थियो ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल बिकासका कक्षाहरुको स्तर वृद्धिमा काम भइरहेको छ । यसअन्तर्गत विद्यार्थीहरुको संख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ ।
यस्तै शिक्षकहरुलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको छ । यसपछि आया र इसिडीका अतिरिक्त सहजकर्ता पठाउने तयारी छ ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र