काठमाडौं– बाल गायिका प्रतिज्ञा कुँवरको ओ बाज देउडा गीत सार्वजनिक भएको छ । १२ वर्षीया बालिका प्रतिज्ञाको आफ्नै स्वरमा रहेको उक्त गीतको शव्द संगित झलक भट्टको रहेको छ । त्यसै गरी उक्त गीतमा एरेन्ज पवन रानाभाटले भरेका छन् भने,छायांकनमा प्रेमराज लामिछानेको रहेको छ । त्यस्तै उक्त गीतको सम्पादन प्रदीप कंडेलको रहेको छ ।
बाल गायिका कुँवर पढाइसँगै आफ्नै गीत संगितलाई समेत निरन्तरता दिँदै आएकी छिन् । विद्यालयमा हुने अतिरिक्त मनोरञ्जनात्मक कार्यक्रम हुँदै स्थानीय महोत्सवमा समेत प्रतिज्ञा सहभागीता जनाउँदै बाल कलारकारको पहिचान बनाउन सफल बनेकी छिन् ।
प्रतिज्ञाको पहिलो देउडा गीतमा माया प्रेमका कुराहरु प्रस्तुत गरिएका छन् । उक्त गीतमा आलिफ खान युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गित धेरै जनाले मन पराएका छन् । उक्त स्रोताहरुले बाल गायिका प्रतिज्ञालाई थप सफलताको शुभकामना समेत दिएका छन् ।
हेर्नुहोस् यस्तो छ प्रतिज्ञाको आवाजमा सजिएको गीत



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै