काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको अध्यादेशलाई सघाउन भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेका छन् ।
सोमबार केन्द्रीय कार्यकारिणी समितिको सोमबारको बैठक जारी रहेका बेला ओली र देउवाले यादवलाई पालैपालो फोन गरेको स्रोतले जनाएको छ ।
उनीहरुको फोन पछि जसपाले अध्यादेश अध्ययन गर्न राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । उक्त कार्यदलले मंगलबार संसदीय दल बैठकमा कार्यदलले रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ ।
राष्ट्रिय सभामा जसपाको मत बहुमतका लागि निर्णायक भएकोले यादवलाई सहमतिमा ल्याउन खोजिएको हो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप