जनकपुर । बलात्कार मुद्दामा सिराहा जिल्ला अदालतबाट दोषी ठहर भएका अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका २४ का ४५ वर्षीय भोगिन्द पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार बलात्कारपश्चात अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त पासवानलाई आइतबार ३ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो ।
उनलाई सोमबार सिराहा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि सिराहा कारागार पठाइएको छ ।
उच्च अदालत जनकपुरको राजबिराज इजलासले ९ फागुन २०८० मा १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर