जनकपुर । बलात्कार मुद्दामा सिराहा जिल्ला अदालतबाट दोषी ठहर भएका अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका २४ का ४५ वर्षीय भोगिन्द पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार बलात्कारपश्चात अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त पासवानलाई आइतबार ३ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो ।
उनलाई सोमबार सिराहा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि सिराहा कारागार पठाइएको छ ।
उच्च अदालत जनकपुरको राजबिराज इजलासले ९ फागुन २०८० मा १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप