काठमाडौं -संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएकाे उद्घाेष गर्नु भएकाे छ।
साेमबार प्रा.डा.साेमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तककाे विमाेचन गर्दै उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले भन्नुभयो, हामी जीवित सम्पदाहरूले धनी छाैं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।यसलाई चलायमान् बनाउन आवश्यक छ।

मन्त्री पाण्डेले सम्पदाहरू ठूलाे पूँजीकाे रूपमा रहेकाे उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाकाे संरक्षणकाे आवश्यकता आैल्यानु भयाे। उहाँले प्राकृतिक सम्पदाहरू जाेगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जाेड दिनुभयाे। उहाँले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताउनु भयाे। मन्त्री पाण्डेले हनुमानढाेका दरबार क्षेत्रकाे मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेकाे भन्दै प्रशंसा समेत गर्नुभयाे।



सम्वन्धित समाचार
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने