काठमाडौं -संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएकाे उद्घाेष गर्नु भएकाे छ।
साेमबार प्रा.डा.साेमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तककाे विमाेचन गर्दै उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले भन्नुभयो, हामी जीवित सम्पदाहरूले धनी छाैं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।यसलाई चलायमान् बनाउन आवश्यक छ।

मन्त्री पाण्डेले सम्पदाहरू ठूलाे पूँजीकाे रूपमा रहेकाे उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाकाे संरक्षणकाे आवश्यकता आैल्यानु भयाे। उहाँले प्राकृतिक सम्पदाहरू जाेगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जाेड दिनुभयाे। उहाँले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताउनु भयाे। मन्त्री पाण्डेले हनुमानढाेका दरबार क्षेत्रकाे मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेकाे भन्दै प्रशंसा समेत गर्नुभयाे।



सम्वन्धित समाचार
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा
बाबुराम भट्टराईले गोरखा-२ बाट लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सुनको भाउ ३ लाख माथि नाघ्यो
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी