काठमाडौं । अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी तिरेर उनी रिहा भएकी थिइन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भए लगत्तै माघ १४ गते आपराधिक उपद्रवको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको थियो ।
उनले केही समयअघि भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुंगे पुल तर्ने टिकट काट्नका लागि निर्माण गरिएका संरचना र टिकटमा क्षति पुर्याएको भन्दै नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो ।
तामाङले पुल तर्दा पैसा लिनु गलत भएको भन्दै टिकट जलाउनुका साथै सूचना पाटी च्यातेकी थिइन् । तामाङलाई थुनामा राखेपछि सामाजिक सञ्जालदेखि संसदीय समितिसम्म यो विषयले चर्चा पाएको थियो ।
प्रहरीका अनुसार तामाङले धरौटी बुझाउने काम गरिरहेको र एकैछिनमा रिहा हुदैछिन् ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप