काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरि भएका मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
तर, उनले उक्त भ्रष्टाचारमा संलग्न को को हुन् भन्ने खुलाएनन् । बरु, ती भ्रष्टाचार भइरहेकोबारे प्रधानमन्त्री नै बेखबर रहेको चाहिँ उनले भने ।
‘तपाईंको यो ६ महिने कार्यकालमा अहिले पनि तपाईंको वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोड–करोड अफर गरिरहेका छन्,’ लिङ्देनले सम्बोधनको क्रममा भने, ‘तपाईंले धक्कुका साथ भन्नुभयो म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भनेर । तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईंको वरिपरिकाले गरिरहेका छन् ।’
उनले प्रधानमन्त्री सूचनाबाट बाहिर भएको पनि जिकिर गरे ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर