काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ ।
विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भमा भागदौड हुँदा कयौँको ज्यान गएको आशङ्का गरिएको छ ।
अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार बुधवार भागदौड भएको हो प्रयागराज सहरको आगन्तुक छेक्ने बार भत्केपछि भागदौड भएको थियो ।भारत सरकारले मृतकको सङ्ख्या सार्वजनिक गरेको छैन । तर स्थानीयले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका छन् ।
बेलायती विश्व च्यानल बीबीसीले पनि कयौँको हताहती भएको आशङ्का भएको भन्दै नदी किनारमा जुत्ता चप्पल, लुगा कपडा जथाभाबी छरिएको पाइएको उल्लेख गरेको छ ।
१० करोडले सहभागिता जनाउने बताइएको महाकुम्भ मेलालाई एआईबाट सुरक्षा मिलाएर भागदौड रोकिएको समाचारहरू आएको केहि दिनपछि नै भागदौडबाट हताहतीको खबर सार्वजनिक भएको हो ।
भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।
मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन ।
यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप