काठमाडौं–गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबल बिचको सम्वन्ध र सहकार्य, लागूऔषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।
त्यसका साथै कञ्चपुरको दोधारा चादँनीमा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण र सुरक्षा सम्वन्धी समझदारीका सम्वन्धमा समेत छलफल भएको गृह मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा गृहमन्त्री रमेश लेखक र अतरिक्त सचिव महावरले दुई देशबिच आगामी दिनमा समेत सम्वन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् । मन्त्री लेखकले शान्ति सुरक्षाले विकास र समाजलाई प्रभाप पार्ने हुँदा उक्त विषयमा दुबै मुलुक गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ