ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री लेखकले बाेलाए सांसदहरु



काठमाडौं– गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न त्यहाँका सांसदहरुलाई बोलाएका छन्।

मन्त्री लेखकले छलफलका लागि गृह मन्त्रालयमा मंगलबार अपराह्न ५ बजे बैठक बोलाएका हुन् । ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदहरूलाई छलफलका लागि बोलाइएको हो।

गत शनिबार पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।

पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले त्यहाँ कात्तिक २३ गतेदेखि निर्माणको काम सुरू गरेको थियो। निर्माण कम्पनी पक्षधर र अर्को पक्षबीच विरोध हुँदै आएको छ।

शनिबार भने प्रहरी र सशस्त्र प्रहरी बलको गस्तीको क्रममा शंकास्पद गतिविधि भएको सूचनाको आधारमा सुरक्षाकर्मीले एक गोठमा अनुगमन गरेको थियो। त्यहाँबाठ हतियारहरू बामफोक, खुकुरी, गुलेली र लाठी बरामद गरेको थियो।

त्यसपछि दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए। नो केबलकार समूहका चार जना घाइते भएका थिए। जसमध्ये दुई जनालाई तिघ्रामा गोलीसमेत लागेको थियो। नो केबलकार समूहले आज सार्वजनिक यातायात बन्दको आव्हान गरेका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.