काठमाडौं– गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न त्यहाँका सांसदहरुलाई बोलाएका छन्।
मन्त्री लेखकले छलफलका लागि गृह मन्त्रालयमा मंगलबार अपराह्न ५ बजे बैठक बोलाएका हुन् । ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदहरूलाई छलफलका लागि बोलाइएको हो।
गत शनिबार पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।
पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले त्यहाँ कात्तिक २३ गतेदेखि निर्माणको काम सुरू गरेको थियो। निर्माण कम्पनी पक्षधर र अर्को पक्षबीच विरोध हुँदै आएको छ।
शनिबार भने प्रहरी र सशस्त्र प्रहरी बलको गस्तीको क्रममा शंकास्पद गतिविधि भएको सूचनाको आधारमा सुरक्षाकर्मीले एक गोठमा अनुगमन गरेको थियो। त्यहाँबाठ हतियारहरू बामफोक, खुकुरी, गुलेली र लाठी बरामद गरेको थियो।
त्यसपछि दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए। नो केबलकार समूहका चार जना घाइते भएका थिए। जसमध्ये दुई जनालाई तिघ्रामा गोलीसमेत लागेको थियो। नो केबलकार समूहले आज सार्वजनिक यातायात बन्दको आव्हान गरेका छन् ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ