काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको छ ।
आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताए ।
‘अहिले ३/३ महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको छ’, खतिवडाले भने । विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टीकरण दिए ।
‘प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सदन अन्त्यलगत्तै ल्याएका हुन् । हामीले लगानीसम्बन्धी अध्यादेश पारित गर्यौं त । यो आवश्यकता र औचित्यको आधारमा ल्याउने विषय हो।’
आगामी सदनमा कांग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बताए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै