काठमाडौं– सत्ताको नेतृत्व गर्दै आएको नेकपा एमालेले संसदीय दलको बैठक आव्हान गरेको छ । सरकारले संघीय सदन अधिवेशन आव्हान गरेसँगै एमालेले आवश्यक छलफल गर्नका लागि संसदीय दलको बैठक आव्हान गरेको हो ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १ बजेलाई बैठक बोलाइएको हो।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ। मुख्य सचेतक बर्ताैला र प्रधानमन्त्री ओलीबीचको छलफलपछि बैठक आगामी मंगलबारका लागि बोलाएको हो ।
संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउनका लागि एमालेले संसदीय दलको बैठक बोलाएको जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै