काठमाडौं– सत्ताको नेतृत्व गर्दै आएको नेकपा एमालेले संसदीय दलको बैठक आव्हान गरेको छ । सरकारले संघीय सदन अधिवेशन आव्हान गरेसँगै एमालेले आवश्यक छलफल गर्नका लागि संसदीय दलको बैठक आव्हान गरेको हो ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १ बजेलाई बैठक बोलाइएको हो।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ। मुख्य सचेतक बर्ताैला र प्रधानमन्त्री ओलीबीचको छलफलपछि बैठक आगामी मंगलबारका लागि बोलाएको हो ।
संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउनका लागि एमालेले संसदीय दलको बैठक बोलाएको जनाएको छ ।



सम्वन्धित समाचार
कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित