काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धको सरकारमा कुनै जालझेल नभएको प्रष्ट पारेको छ । सरकार सञ्चालनका क्रममा एमाले र कांग्रेसबीच कुनै तिक्तता नरहेको प्रष्ट पारेका छन् ।
मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको उनले स्पष्ट पारे । बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको उल्लेख गरे ।
“हामीबीच कुनै अलमल वा जालझेल केही छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ”, पोखरेलले भने, “सबैले स्पष्ट भए हुन्छ, हामी त्यसैअनुरुप अघि बढेका छौँ ।”
पछिल्लो पटक वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भएको उनको भनाइ छ । यसले आर्थिक सूचकहरूमा क्रमशः सकारात्मक सुधार देखाएको उनले बताए।
महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि अब हुने निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्नुपर्ने उल्लेख गरे । यसै अभिभाराबाट निर्देशित भएर आफ्नो दल ‘मिसन–२०८४’ अभियानमा लागेको पोखरेलको भनाइ छ । विसं २०८४ को निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने दृढ सङ्कल्प लिएर अघि बढेको उनले बताए।
“मुलुकको समृद्धिको सपना एमालेले देखेको छ, मधेस भन्नोस् वा पहाड र हिमाल”, पोखरेलले भने, “सबै क्षेत्रको सन्तुलित विकास एमाले नेतृत्वमै सम्भव छ ।”
अहिले मुख्य विपक्षी दलका नेताले वर्तमान सरकार अप्राकृतिक बनेको भन्दै हिँडेको सन्दर्भ जोड्दै पोखरेलले बढी मत पाउने मुख्य दल मिलेर बनेको सरकार अप्राकृतिक भन्नु सत्ताबाट बाहिरिनु परेको छटपटीमात्र भएको आरोप लगाए ।



सम्वन्धित समाचार
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा
अमेरिकामा विदेशी विद्यार्थीहरुमाथि थप कडाई
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”