काठमाडौं– घरायसी विवादका कारण कैलालीमा भाइले दाइको हत्या गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च