काठमाडौं– घरायसी विवादका कारण कैलालीमा भाइले दाइको हत्या गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै