काठमाडौं– संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै युवाहरुले माईतीघर मण्डलामा सार्वजनिक खबरदारी गरेका छन् । नीतिगत रुपमा वकालत गर्दै आएको युवाहरुको क्षेत्रमा काम गर्दै आएको अग्रणी संस्था युथ एड्भोकेसी नेपालको अगुवाईमा सोमबार काठमाडौंमा प्रदर्शन गरिएको हो ।
शिक्षामा २० प्रतिशत लगानी गर्, शिक्षा मानव अधिकार हो, युवा लक्षित व्यवसायिक तथा प्राविधिक शिक्षा लागु गर्, सार्वजनिक शिक्षा बलियो बनाऊ, शिक्षाको उपलब्धी दक्ष र सक्षम जनशक्ति , शिक्षालाई उत्पादनशिल र शृजनशिल बनाऔँ, परिवर्तनको भए इच्छा सुध्रिन्छ समावेशी शिक्षा, जस्ता नारा भएका प्ले कार्ड सहिल प्रदर्शन गरिएको थियो ।

युथ एड्भोकेसी नेपालले केओस फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरेकोे कार्यक्रममा शिक्षामा क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरुले शिक्षा ऐन जारी हुनु पर्नेमा जोड दिएका थिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै, “नेपालमा संचालित शैक्षिक नीति तथा कार्यक्रममले सिमान्तकृत तथा अल्पसंख्यक समुदायका बालवालिकाहरुलाई समेट्न नसकेको” शिक्षा अधिकारकर्मी जनक कार्कीले बताए । त्यस्तैगरी, शिक्षामा भएको नीजिकरणलाई अन्त्य गर्दै समावेसी र गुणस्तरिय शिक्षामा राज्यले प्रयाप्त लगानी गर्नु पर्ने युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले बताए ।

प्राविधिक तथा व्यवसायिक शिक्षामा राज्यले युवाहरुलाई जोड्नु पर्ने मानवअधिकार राष्ट्रिय महाभेलाका सल्लाहकार योगेन्द्र विजय दाहालले बताए । शिक्षालाई बालबालिकामैत्री बनाउर्दै शिक्षामा कम्तिमा २० प्रतिशत लगानी गर्नु पर्ने अधिकारकर्मी आयुसा ढकालले बताईन ।

सार्वजनिक शिक्षाका सुदृढीकरणका लागि युवाहरुले राज्यलाई निरन्तर खवरदारी गर्नु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले बताए । सार्वजानिक खवरदारी कार्यक्रमको संचालन युथ एड्भोकेसी नेपालका महासचिव बिनय कार्कीले गरेका थिए । उनले सरकारले विभिन्न समय शिक्षा ऐन जारी गर्ने प्रतिबद्दता गर्ने तर संघीय शिक्षा ऐन भने दिन नसक्ने विडम्बनाको जिकिर गर्दै सरकारलाई निशुल्क तथा अनिवार्य शिक्षाको नीति कार्यन्वयन गर्न खुट्टा नकमाउन आग्रह गरे ।



सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च