काठमाडौं– सडक चेकिङको क्रममा सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन् । निलम्बन हुनेमा असई बुद्धिबहादुर भुजेल रहेका छन् । उनी चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत थिए ।
गत पुस १५ गतेको घटना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–११ खोले गुम्बानजिकै बाइपास रोडमा यो घटना भएको प्रहरीले जनाएको छ ।
यतिबेला सामाजिक सञ्जालमा दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो भाइरल बनेको थियो । उक्त भिडियो भाइरल भएपछि प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको थियो ।



सम्वन्धित समाचार
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने