काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालले चीन संगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिदै आएको धारणा राख्नुभएको छ ।
चीनियाँ नयाँ बर्षको उपलक्ष्यमा काठमाण्डौको ठमेलमा आइतबार आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकोले उच्च महत्व र प्राथमिकदा दिदैँ आएको धारणा राख्नुभएको हो ।
“नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध रहेको छ । हाम्रो सम्बन्धको जरा गहिरो र बहुआयामिक छ।” उहाँले भन्नुभयो, “हामी हाम्रा दुई देशबीचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौं र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौं।” उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको पनि दोहोयाउनुभयो । “नेपाल सधैं ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ। नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौं ।” उहाँको भनाई थियो । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधै कदर गर्ने पनि उपसभामुख रानाले बताउनुभयो ।
दुई देशले उच्चस्तरीय भ्रमण र कार्यक्रमहरूको नियमित आदानप्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको चर्चा गर्दै उपसभामुख रानाले औपचारिक भ्रमणका क्रममा भएका महत्वपूर्ण निर्णय र सहमतिहरूले द्विपक्षीय सम्बन्ध र सहयोगमा नयाँ गतिशीलता ल्याउने बिश्वास पनि ब्यक्त गर्नुभयो । उहाँले चिनियाँ परम्परा अनुसार सर्पले बुद्धि र अनुकूलन क्षमताको प्रतीक भएकाले यो नयाँ वर्षले सबैका लागि थप प्रगति र समृद्धि ल्याउने विश्वास लिएको पनि बताउनुभयो ।
अर्को प्रसंगमा उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राख्नुभयो ।
चीनका राजदुत छङ सोङले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्व राखेको बताउँदै यसले दुई देशबीचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने बिश्वास ब्यक्त गर्नुभयो। सो अवसरमा चीन र नेपालका बिबिध संस्कृति झल्कने प्रस्तुति पनि देखाइएको थियो ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था