काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्रालय अन्तरगत रहेको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने भएको छ ।
हाल ५ वटा प्रदेशमा पर्यटन प्रहरीको युनिट रहेको भए पनि सुदूरपश्चिम र कर्णालीमा भने त्यसको स्थापना भएको थिएन् । मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा पर्यटक इकाइ गठन गर्ने निर्णय गरि कार्यान्वयनको प्रक्रियामा रहेको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिनुभयो ।
खप्तडमा र रारामा पर्यटक प्रहरीको युनिट स्थापना गरिएसँगै त्यहाँ आवत जावत गर्ने पर्यटकहरुलाई सहजता हुने अनुमान गरिएको छ । पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरुबाट आउने विदेशी पर्यटकहरुको शान्ति सुरक्षाका साथै उनीहरुलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र