काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्रालय अन्तरगत रहेको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने भएको छ ।
हाल ५ वटा प्रदेशमा पर्यटन प्रहरीको युनिट रहेको भए पनि सुदूरपश्चिम र कर्णालीमा भने त्यसको स्थापना भएको थिएन् । मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा पर्यटक इकाइ गठन गर्ने निर्णय गरि कार्यान्वयनको प्रक्रियामा रहेको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिनुभयो ।
खप्तडमा र रारामा पर्यटक प्रहरीको युनिट स्थापना गरिएसँगै त्यहाँ आवत जावत गर्ने पर्यटकहरुलाई सहजता हुने अनुमान गरिएको छ । पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरुबाट आउने विदेशी पर्यटकहरुको शान्ति सुरक्षाका साथै उनीहरुलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै