काठमाडौं– संसदीय काम कारबाहीका सम्बन्धमा प्रमुख सचेतकहरूले सिंहदरबारमा छलफल गरेका छन् । छलफल नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको हो ।
संसद्को अधिवेशन नचलेका बेला प्रतिपक्षी र सत्ता पक्षका सचेतकहरूले सिंहदरबारमा छलफल गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार सचेतकहरूको बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार छन् ।
सरकारले हिउँदे अधिवेशनको रूपमा रहेको विधेयक अधिवेशन बोलाउन सकेको छैन । यो अधिवेशन मागको पहिलो साता नै बोलाउने भनिए पनि ५ वटा अध्यादेश ल्याएर सरकार सांसदबाट भागिरहेको प्रतिपक्षीको आरोप छ। सक्ता पक्षका नेताहरू भने माग १५गतेसम्ममा अधिवेशन बोलाउने सरकारको तयारी रहेको दाबी गर्छन् ।



सम्वन्धित समाचार
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा
बाबुराम भट्टराईले गोरखा-२ बाट लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सुनको भाउ ३ लाख माथि नाघ्यो
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी