काठमाडौं । रुपन्देहीमा एक मजदुरले अर्का मजदुरको हत्या गरेका छन्। सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको नेपाली मजदुरको कुटपिटबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केबट छन्।
‘उनी पत्नी, दुई छोरा र दुई छोरीलाई साथमै राखेर इँटा भट्टामै बस्दै आएका रहेछन्,’ डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘गएराति करिब नौ बजे सोही उद्योगको ट्याक्टर चलाउने युवकले आपसी झैझगडामा इँटाले प्रहार गर्दा उनको मृत्यु भएको हो।’
कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका –६ घर भएका २० वर्षीया कृष्ण केवटलाई पक्राउ गरेको छ।
कुटपिटबाट गम्भीर घाइते भएका केबटको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो।
मादक पदार्थ खाएपछि उनीहरुबीच झैगडा भएको र त्यही क्रममा कृष्णले निष्ठुरी केवटलाई छाती र टाउकोमा इँटाले प्रहार गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन्।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ।



सम्वन्धित समाचार
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा