काठमाडौं । आज बिहान नेपालमा महसुुस भएकाे भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप