दार्चुला । दार्चुलामा दुई जना प्रहरीमाथि चक्कु प्रहार भएको छ ।
श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरीपरे पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् । जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।
उनीहरू दुवै सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत हुन् । उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन पुगेका बेला चक्कु प्रहार गरिएको हो । चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजी भइरहेको छ भने घाइते प्रहरीको दार्चुलामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
राज्य व्यवस्था समितिको सभापतिमा मंगलबार मनोनयन, ११ गते निर्वाचन
सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने स्थानीय तहलाई सम्मान गर्ने
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा