समावेशी शिक्षासम्बन्धी ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



साेलुखुम्बु । स्थानीय स्रोत शिक्षकका लागि समावेसी शिक्षासम्बन्धी ५ दिने क्षमता अभिवृद्धि तालिम सोलुखुम्बुको सल्लेरीमा आज सम्पन्न भएको छ ।

रीड नेपालको आयोजना, नगरपालिका र गाउँपालिकाको समन्वयमा तथा अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा कार्यक्रम सन्चालान भएको थियो ।

सोलुखुम्बुका सात ओटा स्थानीय तहका २१ जना स्थानीय स्रोत शिक्षक र बझाङको खप्तड छान्ना गाउँपालिकाका ११ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो ।

सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङले समावेसी शिक्षा आजको आवश्यकता भएको बताउदै महत्त्वपूर्ण तालिमको आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिनुभयो । शिक्षा विकासको मेरुदण्ड भएकोले आफ्नो मुख्यध्यान शिक्षा क्षेत्रमा रहेको बताउनु भयो ।

समापन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलले सोलुखुम्बुमा शिक्षा क्षेत्रमा राम्रो सुधार भएको बताउदै यसको श्रेय रीडलाई जाने बताउनु भयो। त्यस्तै नगरपालिका वडा न ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा ले रीड को योगदानको चर्चा गर्दै सबै मिलेर गरेमा विद्यालय सुधार गर्न सकिने बताउनु भयो ।

तालिममा सहभागी हरुलाई धन्यवाद दिदै रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले तालिमको मूख्य उद्देश्य समावेसी शिक्षालाई बढवा दिने उद्देश्य रहेको बताउनु भयो ।

उहाँले शिक्षण सिकाइ क्रियाकलापमा समावेसीतालाई मूख्य ध्यान दिने बताउदै विभिन्न अबरोध भएता पनि हामीले चाहेको खण्डमा त्यस्ता अवरोधहरु कम गर्नसकिने हुदा शिक्षकलाई समावेसी शिक्षाको राम्रो ज्ञान्  हुनुपर्ने बताउनुका साथै सिकेका सिपहरु व्यवहार मा उतार्न आग्रह गर्नु भयो ।

कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महर, शिक्षा विकास संयोजक केशव देव गिरी लगाएत रीड नेपालका प्रशिक्षकहरुले सहजीकरण गरेका छन् भने केही दिन तालिमको बिचमा बझांग र सोलुका शिक्षक बीच अनुभव साटासाट र गार्मा मा वि अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो ।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.