काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यससम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’
साथै, प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा छ ।
जनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव कार्ययोजनामा छ ।
‘तीनै तहमा सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका कमरेडहरूले जिम्मेवारी पाएका एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ र सेवा अवधिभर हरेक वर्ष अद्यावधिक गर्नुपर्नेछ,’ कार्ययोजनामा छ ।



सम्वन्धित समाचार
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
एनपीएल: आज दुई खेल हुँदै
अध्यक्ष र महासचिवको उम्मेदवार बन्दिनँ, वरिष्ठ उपाध्यक्ष पद विधानमै छैन : उपाध्यक्ष पौडेल
काठमाडौँमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन हुने
भदौ २३ गतेलाई जेनजी शहिद दिवसका रुपमा मनाउने सरकारको निर्णय